नियम ३५
अध्ययन बिदा
(१) केन्द्रलार्ई उपयोगी र आवश्यक पर्ने विषयमा नेपाल सरकारलाई प्राप्त भएको छात्रवृत्तिमा नेपाल सरकारबाट मनोनयन भई अध्ययन गर्न जाने प्रहरी कर्मचारीले अध्ययन अवधिभर अध्ययन बिदा पाउन सक्नेछ ।
(२) प्रहरी कर्मचारीले सेवा अवधि भरमा एकै पटक वा पटक पटक गरी तीन वर्षसम्म अध्ययन बिदा पाउनेछ । तर नेपाल सरकारले आवश्यक ठानेमा अध्ययन बिदाको अवधिमा दुई वर्ष थप गर्न सक्नेछ ।
(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै अध्ययनको निमित्त मनोनयन भई अध्ययन बिदा लिई गएको प्रहरी कर्मचारीलाई थप विषयमा अध्ययन गर्न वा थप उपाधि हासिल गर्नका निमित्त अध्ययन बिदा थपिने छैन ।
(४) अध्ययन बिदामा बसेको प्रहरी कर्मचारीले पूरा तलब पाउनेछ ।
(५) केन्द्रलाई उपयोगी र आवश्यक पर्ने विषयमा प्रमुखको सिफारिसमा नेपाल सरकारको पूर्व स्वीकृति लिई निजी खर्चमा अध्ययन गर्न जाने प्रहरी कर्मचारीलाई उपनियम
(२) बमोजिम अध्ययन बिदा दिन सकिनेछ ।
(६) उपनियम (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि उपनियम (५) बमोजिम अध्ययन बिदामा बस्ने प्रहरी कर्मचारीले अध्ययन बिदामा रहेको अवधिको तलब पाउने छैन ।
(७) पाचवर्ष सेवा अवधि नपुगेको प्रहरी कर्मचारीले अध्ययन बिदा पाउने छैन ।
(८) अध्ययन बिदा लिने वा तालीममा जाने प्रहरी कर्मचारीले अध्ययन वा तालीम गर्न जानु अघि त्यस्तो अध्ययन वा तालीम पूरा गरी फर्केर आएपछि आनो सेवामा देहाय बमोजिमको अवधिसम्म अनिवार्य रूपमा सेवा गर्ने कबुलियतनामा गर्नुपर्नेछ ः-
अध्ययन वा तालीमको अवधि सेवा गर्नुपर्ने न्यूनतम अवधि
(क) तीन महिनासम्म एक वर्ष
(ख) छ महिनासम्म डेढ वर्ष
(ग) नौ महिनासम्म दुई वर्ष
(घ) एक वर्षसम्म तीन वर्ष
(ङ) दुई वर्षसम्म पा“च वर्ष
(च) तीन वर्षसम्म छ वर्ष
(छ) चार वर्षसम्म सात वर्ष
(ज) पा“च वर्षसम्म आठ वर्ष
(९) अध्ययन वा तालीममा गई फर्किएको प्रहरी कर्मचारीले उपनियम
(८) बमोजिमको अवधिसम्म सेवा नगरेमा अध्ययन बिदा वा तालीम काज अवधिमा पाएको तलब, अध्ययनको लागि नेपाल सरकारको तर्फबाट खर्च व्यहोरिएको भए सो खर्च तथा कवुलियतनामामा उल्लेख भएका अन्य रकम समेत निजबाट सरकारी बा“की सरह असुल
उपर गरिनेछ । तर नियम ७१ बमोजिम अनिवार्य अवकाश पाएको कारण उक्त अवधिसम्म सेवा गर्न नपाउने प्रहरी कर्मचारीबाट त्यस्तो रकम असुल गरिने छैन ।
(१०) कुनै योजना वा कार्यक्रम कार्यान्वयन गर्नको निमित्त अत्यावश्यक तालीमको लागि नेपाल सरकारले कुनै प्रहरी कर्मचारीलाई मनोनयन गरेमा त्यस्तो तालीम अवधिभर निजलाई काजको रूपमा पठाइनेछ र सो अवधिभर निजले पूरा तलब पाउनेछ । तर त्यस्तो काज तालीमको लागि मात्र दिइनेछ र कुनै पनि प्रहरी कर्मचारीलाई शैक्षिक उपाधि हासिल गर्न तालीम काज दिइने छैन ।
(११) प्रहरी कर्मचारीलाई अध्ययनको लागि एकपटक बेतलबी अध्ययन बिदा स्वीकृत गरी सकेपछि सो बिदाको अवधिलाई तलबी अध्ययन बिदामा परिणत गरिने छैन ।